भ्याली पब्लिकको चारै टोली सेमिफाइनलमा

भ्याली पब्लिकको चारै टोली सेमिफाइनलमा

कपन अनलाइन
काठमाडौं,माघ २५।
आयोजक भ्याली पब्लिक स्कुलको चारै टोली १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छ । भ्याली पब्लिकको सिनियर र जुनियर ब्वाइजमा १–१ तथा सिनियर गल्र्समा २ गरी ४ टोली सेमिफाइनलमा पुग्न सफल भए ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले एलआरआईलाई ४७–४० ले पराजित ग¥यो । भ्याली पब्लिकका सुशान्त चौधरीले १४ अंक जोडे । सोही स्पर्धामा एचएचसीएले बेम्सलाई ३९–३०, ग्रिनल्यान्डले लालीगुराँसलाई ४०–२२ र गोल्डेनपिकले लिटिल एन्जल्सलाई ५८–५४ ले हराए । एचएचसीएका दिशान चाम्लिङले १२, ग्रिनल्यान्डका सुरेश बिसीले १५ र गोल्डेनपिकका सुविन तामाङले ३१ स्कोर गरे ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले हिमरश्मिलाई ३७–३०, गोल्डेनपिकले लालीगुराँसलाई २६–२४, किङडमले डाफोडिललाई ४३–३९ र स्किब्सले क्यान्भासलाई ३६–३० ले पाखा लगाए । भ्याली पब्लिकका आर्यन गुरुङले १९, गोल्डेनपिकका सुशिल गिरीले ८ र स्किब्सका सफल थापाले १० अंक बटुले ।
सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ ले डाफोडिललाई २९–१७, भ्याली पब्लिक ‘बी’ ले बीएनएलाई २८–१९, एनसीसीएसले केभीएसलाई १५–१४ र सत्यसाइले ग्रिनल्यान्डलाई २०–१८ ले पन्छाए । भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचनले १४, भ्याली पब्लिक ‘बी’ की दृष्य गुरुङले १८, एनसीसीएसकी दिभा महर्जनले ४ र सत्यसाइकी आस्ना नकर्मीले १३ अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।