चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सम्पन्न

चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,माघ २२।

चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’  सम्पन्न भएको छ । उक्त कार्यशाला  माघ १४ देखि १८ गते  सम्म भएको थियो। इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गरेको पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिएका थिए  ।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन गरिएको   थियो। कार्यशालामा ७ जना महिला र ३१ जना पुरुषले  विभिन्न संघ संस्था बाट सहभागिता जनाएका थिए ।

उक्त कार्यशालामा Nepal Telecom, Disk Media  Network,Cloud Himalaya Limited, Chaudhari Techno Traders, Astavision Infosys, Alisha Communication Link Pvt Ltd, PDS  Server Network Pvt Ltd, Subisu Cable Net, Techminds Network PVT LTD, The  British College, Web Network PVT LTD, Websurfer communication, Worldlink Communication, Vianet, Swargadwari  communication, र Made Infotech Pvt Ltd बाट सहभागिता जनाएका थिए।

इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न  यो कार्यशाला फलदायी   हुने बिश्वास लिइएको छ । कार्यशालामा ३९ जना  जना सहभागी हुनु भएको थियो । यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ छनोट भै तालिममा सहभागी थिए।

पाँच दिन सम्म संचालन भएको कार्यशाला मा  APNIC, NTA, ISPAN, NREN, Worldlink  Communication , Subisu, PCH, Workalaya, Kalash Service, Websurfer, OMNetwork, Techminds, Dishhome, Vianet लगायतले आवस्यक सहयोग गरेका थिए।

कार्यशालाको शुरुवात NPIX  का कार्यकारी निर्देशक रुपेश भक्त श्रेष्ठले गरेका थिए  भने  समापन समाहरोहमा  Chief Guest को रुपमा TechMinds Network Pvt Ltd कार्यकरी  निर्देशक कमल राज बास्तोला ले सहभागिता जनाउनुका साथै    NPNOG  का अध्यक्ष समित जनाले उक्त कार्यक्रमको  समापन गरेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।