नागार्जुनका अतिक्रमित जग्गाहरु खोज्ने जिम्मा उपप्रमुख अधिकारीलाई,सल्लाहकारमा राजनीतिक दलहरु

नागार्जुनका अतिक्रमित जग्गाहरु खोज्ने जिम्मा उपप्रमुख अधिकारीलाई,सल्लाहकारमा राजनीतिक दलहरु

कपन अनलाइन

काठमाण्डौ,माघ १६।

नागार्जुन नगरपालिकाका  सार्वजनिक जग्गाहरुको पहिचान तथा सम्भावित अतिक्रमित जग्गाहरुको खोजतलास गर्नका लागि समिती गठन गरिएको छ।
तिन  महिनाभित्र अनुसन्धान पुरा गरेर प्रतिवेदन प्रस्तुत  तयार गरी कारवाहीको लागि सिफारिस गर्न नगर उप–प्रमुख सुशिला अधिकारीको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ ।सो समितिमा  नगर प्रवक्ता तथा वडा अध्यक्ष, वडा नं. ५,रामेश्वर लामा वडा अध्यक्ष वडा नं. १, थुमराज के.सी. वडा अध्यक्ष, वडा नं. २, उमेश लामा वडा अध्यक्ष, वडा नं. ३, लक्ष्मीराम शर्मा वडा अध्यक्ष, वडा नं. ४,देवेन्द्रराज गिरी वडा अध्यक्ष, वडा नं. ६, शैलेन्द्र लामा वडा अध्यक्ष, वडा नं. ७, सुरजकुमार पोखरेल वडा अध्यक्ष, वडा नं. ८, रामकृष्ण भट्टराई वडा अध्यक्ष, वडा नं. ९, सुन्दर बहादुर के.सी. वडा अध्यक्ष, वडा नं. १०र वरिष्ठ शाखा अधिकृत  कल्पना अधिकारी रहेका छन।
 उक्त समितिलाई सल्लाह एवं परामर्श प्रदान गर्नका लागि  नेपाली कांग्रेसका दुर्गा प्रसाद गौतम,ने.क.पा. एमालेका नन्दनहरि गौतम ने.क.पा. माओवादी केन्द्रका  युवराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका  ध्रुव प्रसाद खनाल रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ।
तपाइँको प्रतिक्रिया ।