शरद् र बसन्तलाई खुला स्केटबोर्ड च्याम्पियनसिपमा स्वर्ण

शरद् र बसन्तलाई खुला स्केटबोर्ड च्याम्पियनसिपमा स्वर्ण

कपन अनलाइन

काठमाण्डौ,माघ १६।

नेपालका शरद् राई र बसन्त राईले जुगाड खुला स्केटबोर्ड च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
भारतको बैंगालुरुमा भएको प्रतियोगितामा शरद्ले गेम अफ स्केट तथा बसन्तले वेस्ट रनमा स्वर्ण जितेको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् । बसन्तले दोहारो पदक जित्ने क्रममा गेम अफ स्र्केमा पनि रजत जिते ।
नेपालकै गजेन्द्र वर्देवा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएको अध्यक्ष खनालले जानकारी गराए । भारतीय स्केटबोर्ड महासंघले आयोजना गरेको तीनदिने प्रतियोगितामा तीनै खेलाडीले नगद पुरस्कारसहित स्केट सामाग्री पुरस्कार स्वरुप प्राप्त गरे ।

तपाइँको प्रतिक्रिया ।