बुढानिलकण्ठका सात सल्लाहकारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्व,को को बने नगरका सल्लाहकार ?

बुढानिलकण्ठका सात सल्लाहकारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्व,को को बने नगरका सल्लाहकार ?

कपन अनलाइन
काठमाडौं,माघ १५।

बुढानिलकण्ठ नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका नगरवासीहरुबाट सल्लाहकार चयन गरेको छ।

माघ १५ गते बसेको बुढानिलकण्ठ नगर कार्यपालिकाको बैठकले प्रसासन,लेखा,स्वास्थ्य,शिक्षा ,कानुन ,राजनीति  लगायतका  क्षेत्रमा लामो समय योगदान पुर्याएका ७ जना सल्लाहकारहरु चयन गर्ने निर्णय गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले नगरपालिकाको सल्लाहकारहरुमा पुर्व उपसचिव तथा सडक विभागका पुर्व  डिजी रामकृष्ण सापकोटा,महालेखा नियन्त्रकको कार्यालयका पुर्व नायब महाप्रवन्धक त्रिलोचन आचार्य,काठमाण्डौ जिल्लाका पुर्व सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठ,भानुभक्त मेमोरियल मावीका पुर्व प्रधानाध्यापक बम बहादुर मोक्तान,चिकित्सा अध्ययन संस्थानमा लामो समय सेवा पुर्याएका ईश्वरी खनाल ,अधिवक्ता किरण शाह र बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का निवर्तमान अध्यक्ष तथा नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठलाई चयन गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाको सल्लाहकारमा चयन भएका सापकोटा वडा नं ८ का वासिन्दा हुन् भने आचार्य वडा नं १२ र मोक्तान वडा नं ४ मा बसोवास गर्दै आएका छन।

नगरको सल्लाहकार चयन भएका श्रेष्ठ वडा नं ४ का वासिन्दा रहेका छन भने खनाल वडा नं ७ र शाह वडा नं ५ र श्रीकृष्ण श्रेष्ठ वडा नं १३ मा बसोवास गर्दै आएका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।