तेक्वान्दो खेललाई सहयोग पु¥याउने गुरुङ सम्मानित

तेक्वान्दो खेललाई सहयोग पु¥याउने गुरुङ सम्मानित

काठमाडौँ, १८ साउन । नेपाल तेक्वान्दो सङ्घले तेक्वान्दो खेलको विकासमा सहयोग पु¥याउने हङ्कङ निवासी टप माउन्टेन तेक्वान्दो सङ्घका अध्यक्ष एवम् प्रशिक्षक गणेश गुरुङलाई आज सम्मान गरेको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रममा आयोजक सङ्घका उपाध्यक्ष सञ्जीव रेग्मीले दोस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहयोग गरेको भन्दै गुरुङलाई कदरपत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।

उहाँले तेक्वान्दो प्रतियोगितालाई सफल बनाउन गुरुङले आफ्नो व्यक्तिगत र अन्य साथीका माध्यमबाट रु दुई लाख ३६ हजार ६०० सहयोग यसअघि नै गरेको बताउनुभयो ।

त्यस्तै हङ्कङमा आयोजना हुने गरेको विभिन्न प्रतियोगितामा पनि गुरुङले नेपाली तेक्वान्दो खेलाडीलाई सक्दो सहयोग गर्दै आइरहेको उपाध्यक्ष रेग्मीको भनाइ छ ।
गत वर्ष सम्पन्न दोस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले नौ स्वर्ण पाँच रजत र १० कास्यपदक प्राप्त गरेको थियो ।

सम्मानित गुरुङले आफू तेक्वान्दो खेलाडी र प्रशिक्षक भएकाले तेक्वान्दो खेललाई माया गरेको भन्दै आगामी दिनमा पनि तेक्वान्दो खेलको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा तेक्वान्दोका मुख्य प्रशिक्षक मिन थापा, प्रशिक्षक मनोज खड्गी, हेमन्त डाँगी र राष्ट्रिय खेलाडीको उपस्थिति रहेको थियो । रासस

तपाइँको प्रतिक्रिया ।