बुढानिलकण्ठमा आज नेकपा एमालेका दुई वडाको अधिवेसन , को बन्ला अध्यक्ष ?

कपन अनलाइन

काठमाण्डौ,माघ ५।

बुढानिलकण्ठ नगरपालिकामा आज  नेकपा एमालेका दुई वटा वडाको अधिवेसन हुन् लागेको छ। नगरपालिकाका वडा नं ८ र ९ को वडा अधिवेसन आज हुदैछ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को अधिवेसन गोल्फु टार डोजो हलमा दिउसो १.३० बजे हुनेछ भने वडा नं ९ को अधिवेसन एकता बस्तिमा रहेको भ्याली बेन्क्वेटमा दिउसो १ बजे शुरु हुनेछ।

वडा नं ८ र ९ को अधिवेसनको दिन आए संगै नेतृत्वको वहस पनि निकै भैरहेको छ। आज हुने अधिवेसनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको घोषणा तथा सपथ ग्रहण भोलि वडा नं ८ को बास्केट बल कोर्टमा हुनेछ।

काठमाण्डौ जिल्लामा पहिलो पटक मंगसिर ३० गते  वडा नं १२ को वडा अधिवेसनबाट शुरु भएको अभियानमा बुढानिलकण्ठका  ९ वडाको अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ।

हाल सम्म वडा नं १,२,४,६,७,१०,११ ,१२ र १३ ले अधिवेसन सम्पन्न गर्दै नयाँ नेतृत्व सहित कमिटी चयन गरेका छन जसमा ३ वटा वडामा अध्यक्ष दोहोरिएका छन भने ६ वटा वडामा नेतृत्व परिवर्तन भएको छ।

तपाइँको प्रतिक्रिया ।