अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) खेलकुद महोत्वस बिहीबारदेखि हुने

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)  खेलकुद महोत्वस बिहीबारदेखि हुने

कपन अनलाइन

काठमाण्डौ,माघ ३।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा सातौं ओप्स खेलकुद महोत्सव बिहीबारदेखि हुने भएको छ ।
महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जानकारी गराए। फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्समा प्रतिस्पर्धा हुनेछ ।
फुटबल र बास्केटबलको ब्वाइजमा समान १६–१६ तथा गल्र्समा समान १२–१२ टिमको सहभागिता रहने छ । ब्याडमिन्टन र टेबलटेनिसमा समान ३–३ स्पर्धामा खेल हुनेछ । एथलेटिक्समा १४ स्पर्धा समावेश छन् ।
गल्र्स फुटबल तुसाल फुटबल मैदान, ब्वाइज÷गल्र्स बास्केटबल हिमरश्मि स्कुल, ब्याडमिन्टन जी फोर स्पोर्ट्स कोर्ट र टेबलटेनिस श्रृजना ज्ञान सागर स्कुलमा खेलाइने छ । ब्वाइज फुटबल र एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
महोत्सवमा ओप्समा आबद्ध २५ वटै विद्यालयको सहभागिता रहने ओप्सका सचिव शिव अर्यालले जानकारी  दिए । हरेक खेलको टिम च्याम्पियनलाई नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद फुयालले जनाएका छन् । महोत्सवको औपचारिक उद्घाटन भने आइतबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।