बुढानिलकण्ठ क्षेत्र विकास समिति र खानेपानी बोर्ड पुस महिना भित्र बन्छ : मिठाराम अधिकारी

बुढानिलकण्ठ क्षेत्र विकास समिति र खानेपानी बोर्ड पुस महिना भित्र बन्छ : मिठाराम अधिकारी

कपन अनलाइन

काठमाण्डौ,पुस ९।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले पुस महिना भित्र बुढानिलकण्ठ क्षेत्र विकास समिति र खानेपानी बोर्ड गठन हुने बताएका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीले बुझाएको सार्वजनिक जग्गा संरक्षण सम्बन्धि ज्ञापनपत्र बुझ्दै नगर प्रमुख अधिकारीले पुस महिना भित्र ति दुई समिति गठनको तयारीमा रहेको जानकारी दिएका थिए।

लामो समय देखि नेतृत्व बिहिन बन्दा बुढानिलकण्ठ मन्दिरको विकासमा बाधा पुगेको भन्दै बहस भैरहेको समयमा नगर प्रमुख अधिकारीले समिति गठनको अन्तिम तयारीमा रहेको बताएका हुन्।

त्यस्तै नगरपालिकामा रहेको खानेपानीको समस्या समाधानका लागि र थप सम्भाव्यता अध्ययनका लागि खानेपानी बोर्डको गठन गर्न लागिएको हो।

सो अवसरमा नगर प्रमुख अधिकारीले सार्वजनिक जग्गा र सम्पति संरक्षण नगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको बताउदै त्यसका लागि शाक्तिशाली समिति गठनको तयारीमा रहेको संकेत समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।