सेनाका अभय दुवै विधाको अन्तिम आठमा

सेनाका अभय दुवै विधाको अन्तिम आठमा

कपन अनलाइन
काठमाडौं, पुस ६।
सेनाका अभय महरा दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु १७ दुवै तर्फ अन्तिम आठमा प्रवेश गरेका छन् ।
बिहिबार भएको खेलमा अभयले पुरुष एकल तर्फ एपिएफका क्षितिज खनाललाई २१–१५, २१–१३ ले र यु १७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१–७, २१–७ को समान अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।
यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा पुरुष एकल तर्फ सेनाका प्रफुल महर्जनले एपिएफका अमन महर्जनलाई २१–८, २१–४ ले तथा एपिएफका प्रिन्स दाहालले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीलाई २१–१५, २१–९ ले पराजित गरेका थिए ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने अन्यमा नेपाल पुलिसका बिष्णु कटुवाल, एपिएफका देव राना र रोशन साउद, सेनाका डेभिड थापा मगर र नेपाल पुलिसका जीवन आचार्य रहेका छन् ।
कटुवालले एपिएफका सुजन थापालाई २१–११, २१–११ को समान अन्तरमा, देव रानाले एपिएफका अरुण अधिकारीलाई २१–२३, २१–१५, २१–१५, रोशन साउदले सेनाका सुविन श्रेष्ठ (बी) लाई २१–१७, १७–२१, २१–९, डेभिडले एपिएफका अनिल मल्ललाई २१–११, २१–६, जीवनले एपिएफका भोज बहादुर गुरुङ्गलाई २१–१५, २२–२० ले पराजित गरेका थिए ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु १७ तर्फ सेनाका सुविन श्रेष्ठ  (बी) ले एपिएफका प्रदीप सोतीलाई २१–१३, २१–१२ ले, सेनाका सुप्रिम पन्थले सुर्खेतका रमेश कामीलाई २१–८, २१–७ ले, नेपालगंजका राजेश बि.सी.ले सेनाका सुदेश राजकोटीलाई २१–१८, २३–२१ ले, गुल्मीका जेनिश शेरचनले देवीनगरका सक्षम ढकाललाई २१–५, १२–२१, २१–१६ ले, सेनाका सुविन श्रेष्ठ (ए)ले सुर्खेतका हिमाल थापा मगरलाई २१–१८, २१–१६ ले, एपिएफका अरुण अधिकारीले सेनाका सौर्य महर्जनलाई २१–१९, २१–१८ ले र सेनाका कविर के.सी.ले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–७, २१–५ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका छन् ।
यस्तै शिर्ष २० बरियता बाहेकको पुरुष युगल तर्फ बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले दथुलँँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडीलाई २१–११, २६–२४ ले र सेनाका विवेक चौधरी र डेभिड थापा मगरको जोडीले जोरपाटी ब्याडमिन्टनका लोक लामा र लक्ष्मण सुनुवारको जोडीलाई २१–१३, २१–१२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।