४० रोपनी सार्वजनिक जग्गा संरक्षणमा नेकपा एमाले बुढानिलकण्ठ -११ को पहल …

४० रोपनी सार्वजनिक जग्गा संरक्षणमा नेकपा एमाले बुढानिलकण्ठ -११ को पहल …

कपन अनलाइन

काठमाण्डौ ,पुस ५।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीले वडामा रहेको ४० रोपनी सार्वजनिक जग्गा सहित अन्य सार्वजनिक सम्पतिको संरक्षणका वारेमा औपचारिक पहल थालेको छ।

वडा नं ११ कमिटीले साविक कपन गाविस वडा नं ७ मा रहेको करिव ४० रोपनी सार्वजनिक जग्गा व्यक्ति /संस्थाले हालसाविक गरेर अपचलन गरेको समाचार संचार माध्यममा प्रकासित भए संगै नापी कार्यालय चावहिललाई पत्र बुझाउदै सत्य तथ्य छानविनको माग गरेको छ।

नेकपा एमाले बुढानिलकण्ठ -११ का अध्यक्ष कृष्ण भट्टराईको नेतृत्वमा गएको टोलीले सो जग्गा सहित अन्य सार्वजनिक जग्गा भू माफियाहरुले कब्जा गरेको भन्दै दोषी उपर कारवाहीको माग समेत गरेको छ । आजै सो कमिटीले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।