नेकपा एस दोलखाको अध्यक्षमा भिम प्रसाद दाहाल

नेकपा एस दोलखाको अध्यक्षमा भिम प्रसाद दाहाल

कपन अनलाइन

काठमाण्डौ ,पुस ३।

नेकपा एकीकृत समाजवादी दोलखाको १० औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भिमप्रसाद दाहालको अध्यक्षतामा ९१ सदस्यीय नयाँ जिल्ला संगठन कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

नव निर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा अशोक कुमार दाहाल र संगिता पाख्रीन सचिवमा मोहन थापा, उपसचिवमा प्रकाश कुमार केसी, बैकुण्ठ भण्डारी, ताम प्रसाद आपागाई निर्वाचित भएका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता तथा नेकपा एस दोलखाका अध्यक्ष भीमप्रसाद दहालको अध्यक्षतामा मंसिर ३० र पौष १ गते दुई दिनसम्म अधिवेशन चलेको थियो।

नेकपा एकीकृत समाजबादी दोलखाको जिल्ला अधिवेशन सुरु हुनु अघि सदरमुकाम चरिकोटमा र्‍याली गरिएको थियो। जिल्ला पार्टी कार्यालयवाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी सिमपानी हलमा पुगेर सभामा परिणत भएको थियो।

तपाइँको प्रतिक्रिया ।