दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन अर्को हप्ता

दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन अर्को हप्ता

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २८।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अर्को हप्ता हुने भएको छ ।
यहि पौष ३ गते बाट हुने ¥याङ्किग प्रतियोगिता समेत रहेको प्रतियोगिताको मूख्य प्रायोजकमा ललितपुर नगरपालिकाको रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शिर्ष २० बरियता बाहेकको पुरुष युगल र ४५ बर्ष माथीको भेट्रान्स युगल (खुला) गरि ६ बिधामा प्रतिस्पर्धा हुने आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।
प्रतियोगितामा पुरुष एकल र महिला एकल तर्फ बिजयी खेलाडीहरुले नगद ४० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै उपबिजयी खेलाडीहरुले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजयी जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यु —१७ छात्र÷छात्रा तथा भेट्रान्स युगल तर्फका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको खर्च करिव ३० लाख रहेकोछ ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमा पौष ३ देखि ७ गते सम्म संचालन हुनेछ । प्रतियोगिता बिश्व ब्याडमिन्टन महासंघ, एशियन ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध जिल्ला, क्लब र अन्य गरि करिव ४०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।