बुढानिलकण्ठ नगरपालिकाको आगनमा “मुटु छेड्ने” चित्रकला ,आज पनि अवलोकन गर्न पाइने
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २५।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसविरुद्धको अभियानमा बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा चित्रकला प्रदर्शनी गरेको छ ।
“लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना” अभियानको कार्यक्रमहरुमा मङ्सिर २४ गते ८ बजेदेखि १० बजेसम्म प्रत्येक वडामा पोस्टर प्रदर्शनी गर्दै र बिहान ११ देखि ४ बजेसम्म नगरपालिकाको प्राङ्गणमा विभिन्न चित्रकलाहरुको प्रदर्शनी गरि कार्यक्रम गरिएको छ। सो प्रदर्शन आज पनि ११ बजे देखि २ बजे सम्म नगरपालिका कार्यालयको प्रांगणमा हुनेछ ।
स्थानीय चित्रकार,विद्यार्थीहरू तथा अन्य चित्रकारहरुद्वारा समाजमा देखिने हरेक किसिमका लैङ्गिक, वर्ण, जातजाती/भाषाभाषी लगायतका हिंसा तथा दुर्व्यवहार सम्बन्धी चित्रहरू प्रस्तुतिमा राखिएका छन ।
तपाइँको प्रतिक्रिया ।