नगर स्थापना दिवसमा बुढानिलकण्ठका प्रहरी र कर्मचारीहरुको जोडदार प्रस्तुति …….

नगर स्थापना दिवसमा बुढानिलकण्ठका प्रहरी र कर्मचारीहरुको जोडदार प्रस्तुति …….

कपन अनलाइन

काठमाडौं, मंसिर १८।

बुढानिलकण्ठ नगरपालिकाको १० औ स्थापना दिवसको अवसरमा नगरपालिकाका कर्मचारी र नगर प्रहरीहरुले दिएको सांगीतिक प्रस्तुतिको प्रसंशा भएको छ।

अनौपचारिक स्वरुपमा भएको सो कार्यक्रममा कर्मचारी र नगर प्रहरीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए जसले स्थापना दिवसको कार्यक्रमलाई निकै रोचक बनाएको थियो।

सधै नगरपालिकामा आउने सेवाग्राहीहरुको सेवामा रहने कर्मचारीहरुको कलाकार अवतारले सो १० औ स्थापना दिवसमा आउने पाहुनाहरुलाई मनोरंजन दिएको थियो।

सो अवसरमा कर्मचारीहरुका तर्फबाट उपमा दाहाल, एलिजा अधिकारी ,ममता मानन्धर ,सुमित्रा श्रेष्ठ ,आरजु खड्का ,जमुना लामा र संजु केसीले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए।त्यस्तै नगर प्रहरीका तर्फबाट बिमला तामाङ ,नबिन राई ,विकाश श्रेष्ठ र रोजन तामाङले आफ्नो जोडदार प्रस्तुति दिएका थिए।

बुढानीलकण्ठ नगरपालिकाले १० औ नगर स्थापना दिवस भव्यताका साथ मनाएको थियो  । दिवसको अवसर पारेर मंसिर १६ गते नगरपालिका प्राङ्गणमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी , उपप्रमुख अनिता लामा, प्रशासकीय अधिकृत तुल्सीराम अर्याल सहित सम्पुर्ण जनप्रतिनिधि लगायत कर्मचारी र विभिन्न संघ संस्था तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । नगर प्रमुख मिठाराम अधिकारीका अनुसार बिहान ७ बजे देखी ११ बजे सम्म चलेको कार्यक्रममा १६७० जनाको उपस्थिति दर्ता भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।