हेटौंडा मकवानपुरमा एशियन कप चेस सुरु

कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १४।
नेपाल बुद्धिचाल महासंघको विशेष प्रस्तुतीमा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा आज हेटौडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भयो।
 पहिलो चरणको खेलमा भारतीय खेलाडी सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, भारतीय एफएम अर्विन्देर प्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन खेलाडी डब्लुआइएम सचिनी राणाशिंघे नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल लगायत सबै शीर्ष खेलाडीहरूले बाजी आफ्नो हातमा पार्न सफल भए।
नेपालका पुरुषोत्तम सिलवाल, शुश्रुत दाहाल , धिरेन राई र टेक राईले पनि सफलता हात पार्न सफल भए। त्यसैगरी पुर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई भारतीय खेलाडी पियुस कुमारसँग बराबरीमा रोकिए भने नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी १४३३ रेटिङ भएका पंकज बोर्सेसंग पराजित भए।
नेपाल ,भारत, श्रीलंका र बंगलादेशका खेलाडीहरुको सहभागीता रहेको प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका सदस्य सचिव सूर्य लाल भण्डारी , प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले संयुक्तरूपमा चेस गोटी चालेर गरेका थिए  । केशवलाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेस खड्गीले सफलताको शुभकामना दिनुभयो प्रमुख अतिथी सूर्य लाल भण्डारीले बागमती प्रदेश स्तर मै चेसलाई पाठ्यक्रममा राख्न आफू लागी परेको जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।