राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई पशुपति सिर्जनशील युवा क्लबको सम्मान

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई पशुपति सिर्जनशील युवा क्लबको सम्मान

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३०।

पशुपति सिर्जनशील युवा क्लबले नेपाल सम्वत् ११४४ को शुभकामना आदान प्रदान कार्यक्रममा क्लबका अध्यक्ष एवम् कार्यक्रमका संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सदस्य एवंम प्रमुख अथिति माननीय गगनकुमार थापा, बागमती प्रदेश सभा सदस्य माननीय श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजुकुमार खत्री र कामपा ८ वडा अध्यक्ष आशामान संगत लागयतको उपस्थितिमा राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।

गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दो तर्फ के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक हासिल गरी नेपाल र सम्पुर्ण नेपालीको नाम र ईज्जत उच्च पार्ने क्रममा प्रशिक्षकको भूमिकामा रहेकोले नेगीलाई सम्मान गरेको छ ।

प्रशिक्षकका रुपमा रहेर कविराज नेगी लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पलेशाको सहित जितेको ९ औं पदक हो । अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक नेगी लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ । पलेशाले १ स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १–१ कांस्य जितेका छन् । पलेशाले टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेको बेला पनि नेगी लामानै पलेशाका प्रशिक्षक थिए ।

सोही कार्यक्रममा नेपाली राष्ट्रिय पौडी खेलाडी अदिप्शा बैद्यलाई पनि सम्मान गरेको छ ।

तपाइँको प्रतिक्रिया ।