ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३०।

मंगलबार ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा मंगलबार साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी छन्।

तपाइँको प्रतिक्रिया ।