महासमिति सदस्य मनोनयन: नेपाली कांग्रेस काठमाण्डौ-३ मा असन्तुस्टी,निर्वाचन समितीमा निवेदन

महासमिति सदस्य मनोनयन: नेपाली कांग्रेस काठमाण्डौ-३ मा असन्तुस्टी,निर्वाचन समितीमा निवेदन

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ ले गरेको महासमिति सदस्य मनोनयनको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का नेताहरुले क्षेत्रीय समितिले विधान विपरित महासमिती सदस्यहरुको मनोनयन गरेको भन्दै निर्वाचन समितीमा निवेदन दिएका छन।

पार्टीको विधान विपरित अन्य प्रयोजनका लागी भएको भेलाको माइन्युट प्रयोग गरेर सर्वसम्मत रुपमा महासमिति सदस्य चयन भएको सिफारिस गर्नु झुटा रहेको भन्दै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का नेताहरु परशुराम पोखरेल ,दुर्गा प्रसाद बराल ,जयराज भण्डारी र  सुशीला बरालले निर्वाचन समितीमा निवेदन हालेका हुन्।

बुथ प्रतिनिधिहरुको मतदान अधिकार समाप्त पारेर गरिएको मनोनयन प्रति तीव्र असन्तुस्टी जनाउदै उनीहरुले विधानको खिल्ली उडाएको सो निर्णय बदर नभए विभिन्न तह र तप्कामा रहेका निष्ठावान नेता तथा कार्यकर्ताहरु पार्टी बाहिर जान सक्ने समेत चेतावनी दिएका छन।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ ले गरेको उक्त निर्णयलाई खारेज गरेर पार्टी विधान अनुरुप गर्न क्षेत्रीय समितीलाई निर्देशन दिनका लागि निर्वाचन समितीमा निवेदन दिएका नेताहरुले महासमिति सदस्य मनोनयनको प्रक्रियामा हस्ताक्षर नगरेको पनि जानकारी दिएका छन ।

निर्वाचन समितीमा दिएको निवेदन : 

  

तपाइँको प्रतिक्रिया ।