ओखलढुंगाको सिद्धिचरण-११ मिलनचोकमा मोटरसाइकल दुर्घटना ,चालक गम्भीर

ओखलढुंगाको सिद्धिचरण-११ मिलनचोकमा मोटरसाइकल दुर्घटना ,चालक गम्भीर

कपन अनलाइन

काठमाण्डौ ,असोज ३०।

ओखलढुंगामा मोटरसाइकल दुर्घटनामा परि चालक गम्भिर घाइते भएका छन । ओखलढुंगा  जिल्लाको सिद्धिचरण नगरपालिका ११ मिलनचोकमा  विहान करिब ४ः३० बजेको समयमा मोटरसाइकल दुर्घटनामा भएको  हो ।

दुर्घटनामा परि घाइते हुनेमा ओखलढुंगा सिद्विचरण नगरपालिका ११ मिलनचोक बस्ने जित बहादुर राईका छोरा अन्दाजी ३० वर्षिय अरुण राई रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी बालिस्टार सिंहले जानकारी दिएका छन  ।

राम बजार बाट मिलनचोकतर्फ जाँदै गरेको प्र.१–०२–०४० प ४३३४ नम्बरको मोटरसाइकल मिलनचोक स्थित खुश्बु पेट्रोलपम्प नजिक सिद्धिचरण लोकमार्गमा विहानै दुर्घटना भएको निरिक्षक सिंहले बताए । चालक राईको टाउको र दुबै हातमा चोट लागेकाले बोल्न नसक्ने गम्भिर अवस्था रहेको प्रहरीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।