वडा कार्यालय भवन निर्माणका लागि १ रोपनी जग्गा दिएका एमाले नेता मुरारी भण्डारी सम्मानित

वडा कार्यालय भवन निर्माणका लागि १ रोपनी जग्गा दिएका एमाले नेता मुरारी भण्डारी सम्मानित

कपन अनलाइन

काठमाण्डौ ,असोज २४ ।

नेकपा एमालेका नेता मुरारी भण्डारीलाई फिक्कल गाउँपालिका सिन्धुलीले सम्मान गरेको छ ।

फिक्कल गाउँपालिका वडा नं ६ को कार्यालय भवन निर्माणका लागि एक रोपनी जग्गा उपलव्ध गराएका भण्डारीलाई एक कार्यक्रम विच सम्मान गरिएको हो।

फिक्कल गाउँपालिकाको वडा नम्बर ६ रत्नावतीको भवन निर्माण निर्माणमा आफ्नो निजि १ रोपनी जग्गा दान गरेका भण्डारीलाई पालिका प्रमुख र उपप्रमुखले उद्घाटन समारोहमा सम्मान गरेका हुन्।

हालको फिक्कल गाउँपालिकामा जन्म स्थान भएका बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बस्दै आएका भण्डारीले सो स्थानमा राजनीतिक संग संगै विभिन्न शैक्षिक र सामाजिक गतिविधिहरु निरन्तर संचालन गर्दै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।