कान्तिभैरव माध्यामिक विद्यालयलाई एस एल सी २०४७ समुहको सहयोग
कपन अनलाइन
काठमाण्डौ ,असोज २१।
कान्तिभैरव माध्यामिक विद्यालय,थलीबाट एस एल सी २०४७ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूले विद्यालयलाई सहयोग गरेका छन ।
२०४७ समूहका अध्यक्ष विश्वामित्र कुइकेलको सभापतित्व र विद्यालयका प्रधान अध्यापक तीर्थराज कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा समूहका उपाध्यक्ष प्रमोद सिंखडाले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूलाई दिइएको सहयोग अध्ययनका लागि उत्प्रेरणा हुन सकोस् भन्ने उद्धेश्यले सहयोग गरिएको वताएका थिए ।
त्यस्तै विद्यालयका प्रधान अध्यापक कोइरालाले लामो समय आफूले अध्ययन गरेको विद्यालयलाई सम्झेर आई स साना विद्यार्थीलाई सहयोग गर्नु सर्हानिय कार्य भएको वताएका थिए ।
कार्यक्रमका सभापति एवम् समूहका अध्यक्ष कुइकेलले न्यून शैक्षिक पूर्वाधार भए पनि कान्तिभैरव माविले तत्कालीन समयमा यस क्षेत्रको शैक्षिक केन्द्रको रूपमा काम गरेको सम्झना गर्दै विद्यालय शिक्षाको जगमा नै बसेर भविष्य निर्माण हुने हुँदा थप हौसला होस् भनी विद्यार्थी सहयोग कार्यक्रम सञ्चालन गरिएको र सो कार्यलाई बिबिध तरिकाले निरन्तरता दिइने बताएका थिए ।
उक्त कार्यक्रममा कक्षा एक देखि पाँच कक्षासम्म अध्ययनरत विद्यार्थी मध्ये गरिव, जेहेन्दार र अनुशासित विद्यार्थीहरू छनौट गरी विद्यालयले उपलव्ध गराएको लिष्टबमोजिमका पचास जना विद्यार्थीलाई झोला, कापी, पेन्सील र फुटबल प्रदान गरिएको थियो ।