कपनवासीका लागि खुसीको खबर : त्रिबेणी चोकबाट नेपाल यातायातको बस सेवा शुरु
कपन अनलाइन
काठमाण्डौ ,असोज १४ ।
बुढानिलकण्ठ ,गोकर्णेश्वर र काठमाण्डौ महानगरपालिकाको संगम त्रिबेणी चोकबाट नेपाल यातायातको सार्वजनिक यातायात सेवा शुरु भएको छ।
असोज ११ गते शिव मन्दिर त्रीवेणी चोक राष्ट्रिय सहिद पार्क उपभोक्ता समिती एवं सगरमाथा त्रीवेणी सामुदायिक संस्था का अध्यक्ष ज्ञानेन्द्र बहादुर बुढाथोकीको अध्यक्षतामा भएको एक कार्यक्रम विच सो क्षेत्रबाट काठमाण्डौ उपत्यकाका विभिन्न स्थान सम्मका लागि बस सेवा शुरु गरिएको हो।
उक्त बस सेवा खरिबोट,फैका,रामहिटी,चुच्चेपार्टी,चबहिल,चक्रपथ,टिचिङ्ग,बालुवाटार,बानेश्वर,कोटेश्वर,बालकुमारी,टिकाथलि सम्म संचालन हुनेछ।
सो बस सेवा उदघाटन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए भने वडा नं ११ का अध्यक्ष राजु अधिकारी विशेष अतिथि र गोकर्णेश्वर नगरपालिका वडा नं ९ का सदस्य लक्ष्मी गुरुङ र यातायात सघंका अध्यक्ष गोपाल चन्द्र गुरुङ अतिथि रहेका थिए।