काठमाण्डौ प्रमुख बालेनलाई झट्का : चखुंचाको बक्स कल्भर्ट नभत्काउन उच्च अदालतको रिट जारी

काठमाण्डौ प्रमुख बालेनलाई झट्का : चखुंचाको बक्स कल्भर्ट नभत्काउन उच्च अदालतको रिट जारी

कपन अनलाइन

काठमाडौं आश्विन ९।

उच्च अदालत पाटनले चखुंचा खोलामा बनेको बक्स कल्भर्ट नभत्काउन काठमाण्डौ महानगरपािलका विरुद्धको रिट जारी गरेको छ ।

काठमाण्डौ महानगरपािलका वडा नं ६ र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सिमानामा रहेका चखुन्चा खोलामा आरम्भचोक देखी तेञ्जिङचोकसम्म बनेको बक्स कल्भर्ट  नभत्काउने र  नविगार्ने माग दावि लिएको रिट निवेदन उपर अन्तरिम आदेसको छलफलका लागि बोलाइएकोमा प्रत्यार्थीको लिखित जवाफ परिसकेको अवस्थामा  न्यायाधिस  महेश शर्मा पौड्याल र रमेश ढकालको इजलासबाट रिट निवेदन आंशिक जारी हुने भनि आदेस भएको हो।

उक्त आंशिक रिट जारी भए संगै  अव आरम्भचोकदेखी तेञ्जिङचोकसम्म बनेको बक्स कल्भर्टको   वैकल्पिक व्यवस्था नभएसम्म भत्काउन नपाउने भएको छ ।

उक्त रीट निवेदन स्थानिय वासिन्दाहरुको तर्फबाट रोशन अच्छामीले दर्ता गरेका थिए  भने उक्त रिट निवेदनमा बरिष्ठ अधिवक्ता भ्रमण श्रेष्ठ र अधिवक्ता छन्दप्रसाद अचार्यले निवेदकका तर्फबाट वहश गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।