बाल विकास समाजको सामाजिक परीक्षण र ३३ औ साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३१।
बाल विकास समाजले हरेक वर्ष सामाजिक उत्तरदायित्व बोध गर्ने उद्देश्यले सामाजिक परीक्षण गर्दै आइरहेको छ । जवाफदेहिता पारदर्शीता र सामाजिक उत्तरदायित्वलाई मुख्य सवालको रुपमा ग्रहण गर्दै संस्थागत सुशासन प्रत्याभूतका लागि संस्थाले आफूले गरेका सबै कामको फेहरिस्त लक्षितवर्गले पाएको सेवा प्रभावकारिताको पक्षलाई उजागर गर्नका लागि पनि सामाजिक परीक्षण कार्यक्रमलाई महत्व दिदै आएको छ।
संस्थाले कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुखको प्रमुख अतिथ्यता विभन्न सरकारी गैरसरकारी निकायमा प्रतिनिधि लक्षित समुदाय जनप्रतिनिधिहरुको सहभागितामा आफूले सम्पन्न गरेका कार्यक्रमको प्रभावकारिताको बारेमा प्रस्तुति गरेको थियो ।
कार्यक्रमहरुको प्रस्तुतिपश्चात लक्षित समुदायले संस्थाको सेवाबाट आफ्ना बालबालिकाहरुले पाएको सुविधाका बारेमा खुलेर भनाइहरु राखेका थिए । संस्थाको सहयोगले बालबालिकाहरुले विद्यालयमा आफ्नो शिक्षालाई निरन्तरता दिन सकेको विभिन्न किसिमका दुव्र्यवहारबाट बालबालिकाहरु जोगिन सजिलो भएको कुरा लक्षितवर्गका समुदायहले बताएका थिए ।
दातृनिकायको सहयोग र संस्थाको आफ्नै आन्तरिक पहलमा संकलन भएको स्रोतबाट धेरै भन्दा धेरै लक्षित समुहमा सेवा दिन सकेको कुरा सहभागीहरुबाट आएको थियो । संस्थाले सञ्चालन गरेको रुपान्तरण कक्षाबाट धेरै किशोरकिशोरीहरुको जिवनमा सकरात्मक परिवर्तन आएको र बालबालिका किशोरकिशोरीहरु परिवर्तनको मार्गमा अग्रसरभइरहेको कुरा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आएको थियो । कार्यक्रममा आफ्ना भनाइ राख्दै कार्यवाहक नगर प्रमुख शुभ लक्ष्मी शाक्य सुनिताले विशेषगरी रुपान्तरण कक्षाले बालबालिकालाई जीवन उपयोगी सीपमार्फत सकरात्मक परिवर्तन गर्न गराउनका लागि सहज भएको कुरा उल्लेख गर्दै संघ संस्थाहरु सरकार पुग्न नसकेको ठाउमा पुग्ने र सरकारले गर्न नभ्याइरहेको काममा सहयोग गर्ने भएको हुनाले स्थानीय तह र गैर सरकारी निकायहरुको सहकार्यगत खाचो सधै रहने कुरासमेत संक्षिप्त रुपमा राखेकी थिइन् ।
बालबालिकाहरुको अधिकार सुनिश्चतमा कीर्तिपुर नगरपालिका सधै संबेदनशिल हुने र आगामी दिनमा पनि सहकार्य गर्नका लागि तयार भएको कुर उल्लेख गर्दै कार्यक्रमबाट यस संस्थालाई अझ गहिरोगरी बुझ्ने मौका दिएकोप्रति हार्दिक धन्यवाद कार्यवाहक नगरप्रमुखले व्यक्त गरेकी थिइन् ।
संस्थाले छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०७९ मा एस इ इ पास गर्ने ५ जना बालबालिकाहरुलाई सम्मानसमेत गरेको थियो । एस इ इ पास गर्ने बालबालिकाहरुलाई नगदसहित गरिएको सम्मानले शिक्षालाई निरन्तरता दिनका लागि हौसला मिलेको कुरा बालबालिकाहरुले बताएका थिए ।
यसका साथै सोही दिन संस्थाले आफ्नो ३३ औं वाषर््िाक साधारण सभा पनि सम्पन्न गरेको छ । १३२ जना आजीवन सदस्य रहेको संस्थाले स्थापना कालदेखि नै बालबालिकाहरुको समग्र विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र वर्षभरी गरेका कार्यक्रमहरुको प्रगति विवरण संस्थाका महासचिवले साधारण सभामा पेश गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्षमार्फत पेश भएको थियो । संस्थाको आफ्नै आन्तरिक स्रोत र विभिन्न दातृनिकायबाट प्राप्त सहयोगमार्फत भए गरेका कार्यक्रम र सो कार्यक्रमबाट निम्नस्तरका बालबालिकाहरुले पाएको सेवाको बारेमा सभामा विस्तृत रुपमा छलफल भएको थियो ।
महासचिव र कोषाध्यक्षले पेश गरेका प्रतिवेदनहरु सभाले अनुमोदन गर्दै आगामी संस्थागत योजनाहरुको बारेमा पनि छलफल भएको थियो । सभामा विभिन्न संस्थागत निर्णयहरु गर्दै आगामी कार्यक्रमहरु अझ प्रभावकारी रुपमा अगाडी बढाउने र धेरै भन्दा धेरै सेवा लक्षित वर्गमा पुर्याउने प्रतिवद्धतासहित सभा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया ।