आजको मौसम : आज यी स्थानमा दिनभर वर्षा

आजको मौसम : आज यी स्थानमा दिनभर वर्षा

कपन अनलाइन

काठमाडौँ, भाद्र ८  ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, र गण्डकी  प्रदेशका थोरै स्थान  तथा मधेश र लुम्बिनी प्रदेशको  एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका  केही  र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै कोशी, मधेश,  बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

तपाइँको प्रतिक्रिया ।