कपन मिलनचोक क्षेत्रमा बाढीले जोखिम बढयो ,सचेत रहन आग्रह
कपन अनलाइन
काठमाडौं, भदौ ७।
कपन मिलनचोक क्षेत्रमा बाढीका कारण जोखिम बढेको छ। काठमाण्डौ महानगरपालिकाले खोला खोलेसंगे अहिले बाढी आएको क्षेत्रमा निकै जोखिम बढेको स्थानीयहरुले बताएका छन।
सो क्षेत्रमा आएको बाढीका कारण अहिले आवतजावतमा निकै समस्या देखिएको छ भने खोला किनारमा पनि हिड्न कस्टकर र जोखिमयुक्त भएको स्थानीयहरुले बताएका छन।
निरन्तर भैरहेको वर्षाका कारण खोलामा पानीको मात्रा बढ्ने क्रममा रहेको छ भने खोला खोलिएको क्षेत्रका केहि घर लगायतका संरचनालाई अशर पार्न सक्ने देखिएको छ।
सो क्षेत्रमा बाढी बढे संगै आवतजावत गर्ने र उक्त क्षेत्रमा रहेका स्थानीयहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।