मार्सल आर्ट्स टोली युके जाने
कपन अनलाइन
काठमाडौं, साउन २६ ।
अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार युकेको नर्थ योर्कसायर प्रस्थान गर्दै छ ।
अगष्ट १३ तारिखमा हुने प्रतियोगितामा समिप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने छन् । टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष एवं नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङ, आदिवासी खेलकुद संघ नेपालका महासचिव सुरेश मगरलगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
बिदाइका अवसरमा अध्यक्ष गुरुङले खेलाडीले पदक जितेर अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न सुझाए ।
उक्त प्रतियोगितामा नेपालबाट उद्धव थापा मगरले पनि चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी गारए । उद्धव केहि महिनादेखि युकेमै छन् ।