नेपाल रेडक्रस कपन उपशाखा भवनमा लागेको ताला खुल्यो, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र संचालन हुने

नेपाल रेडक्रस कपन उपशाखा भवनमा लागेको ताला खुल्यो, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र संचालन हुने

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

नेपाल रेडक्रस कपन उपशाखा भवनमा केहि दिन देखि  लागेको ताला खुलेको छ। भवन प्रयोगमा नआएको भन्दै स्थानीय तथा टोल सुधार समितीहरुले लगाएको ताला साउन २३ गते वडा कार्यालयमा भएको छलफल पछि खुलेको हो।

साउन २३ गते वडा नं १२ को कार्यालयमा बसेको  वडा ,रेडक्रस उपशाखा तथा सरोकारवालाहरुको संयुक्त बैठकले भवनमा लागेको ताला खल्ने निर्णय गरेको थियो।

त्यस्तै सो छलफलले उक्त भवनमा एक तल्लामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र संचालन गर्ने निर्णय गरेको थियो भने भवनको रेखदेख, मर्मत र व्यवस्थापन वडाको सल्लाहमा हुने सहमति गरिएको थियो।

सो छलफलमा  नेपाल रेडक्रस कपन उपशाखालाई विधि विधान अनुसार संचालन गर्ने सहमति गरिएको छ भने भवनको विस्तार र उपयोगका लागि पूर्वाधार निर्माणमा वडा कार्यालयले सहयोग गर्ने निर्णय गरिएको छ।

साउन २४ गते बिहान  नेपाल रेडक्रस कपन उपशाखा भवनमा लागेको ताला खोल्न पुगेका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले सो भवनको मर्मत र केहि पूर्वाधार निर्माणका लागि तत्काल १५ लाख रकम व्यवस्थापन गर्ने जानकारी दिदै चाडै सहरी स्वास्थ्य प्रवर्धन केन्द्र संचालन हुने बताएका छन।

त्यस्तै सो अवसरमा  नेपाल रेडक्रस कपन उपशाखाका सभापति पुस्कर चालिसेले  सबै जनालाई सदस्य बनेर विधिवत रुपमा सहभागी बन्न अनुरोध गर्दै आगामी दिनमा भवनको पूर्ण उपयोग हुने बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।