बुढानिलकण्ठका शिक्षा महाशाखा प्रमुखको सरुवा गर्ने प्रयासमा को को छन ?

बुढानिलकण्ठका शिक्षा महाशाखा प्रमुखको सरुवा गर्ने प्रयासमा को को छन ?

कपन अनलाइन
काठमाडौं, साउन १९।

बुढानिलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रियालाई सर्वोच्च अदालतले अन्तरिम आदेश गर्दै रोकेपछि अहिले शिक्षा महाशाखा प्रमुखलाई सरुवा गर्ने प्रयास शुरु भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक र निजि शिक्षालयहरुलाई नियमन गर्दै शैक्षिक सुधारका विभिन्न योजनाहरु ल्याएका महाशाखा प्रमुख ललित विक्रम सिंहलाई जसरि पनि सरुवा गराउने भन्दै एउटा समुह नै लागेको चर्चाले अहिले स्थानीय ,माहोललाई निकै तताएको छ।

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न खोजेपछि  विभिन्न राजनीतिक दल निकट भनेर चिनिएका सामुदायिक तथा निजि विद्यालयका  प्रधानाध्यापकहरू तथा राजनीतिक दलका नेताहरू  हेटौँडामा रहेको प्रदेश सरकार संग सिंहको सरुवा माग गर्दै  पुगेको श्रोतले जानकारी दिएको छ।

नगरपालिकामा रहेका स्थायी दरवन्दी र प्रधानाध्यापक हुन् योग्य उम्मेदवारहरुको हिसाव किताव निकालेर राजनीतिक लाभहानीको अवस्था बुझे संगै राजनीतिक दलहरुका नेता जसरि पनि सिंहको सरुवा गर्ने प्रयासमा लागेको र त्यसमा सामुदायिक र निजि विद्यालयहरुका प्रतिनिधिहरुले पनि दरिलो साथ दिएको चर्चाले नगरका हरेक गल्लि र चोकमा स्थान पाउदै आएको छ।

बुढानिलकण्ठ नगरपालिकाको मूल नेतृत्वलाई जसरि पनि असफल बनाउने भन्दै सक्रिय रहेको समुहले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको प्रयासलाई उपयोग गर्ने नीति अनुरुप महाशाखा प्रमुखलाई सरुवा गर्ने पहल थालेको एक शिक्षासेवी बताउछन।

निमित्त प्रधानाध्यापकहरुलाई खुल्ला प्रतिस्पर्धाको अवसर दिएर नियमित प्रधानाध्यापक नियुक्त गर्ने प्रस्ताव ल्याउने समयदेखी नै  विभिन्न धाक धम्कि खेपेका महाशाखा प्रमुख सिंह निजि तह संस्थागत विद्यालयहरुको छात्रवृति लगायतका विषयमा कडाई गरे संगै राजनीतिक दल र शैक्षिक क्षेत्रका नेताहरुको बक्रदृस्टीमा परेको बताउदै उनले नगरको यसका विविध पाटाहरु आउने समयमा खुल्ने धारणा राखेका छन।

विगत एक महिनाको अवधिमा लेखा तथा शिक्षा शाखाका अधिकृत सरुवा भएको बुढानिलकण्ठ नगरपालिकाका अन्य कर्मचारीहरु पनि सरुवा माग गदै मन्त्रालय धाउन थालेको चर्चा चुलिएको समयमा प्रदेस सरकारले सिंहको सरुवा गर्ला कि नगर्ला ? भन्ने प्रश्न पेचिलो र बहुप्रतिक्षित बनेको छ।

 

तपाइँको प्रतिक्रिया ।