कागेश्वरी मनोहरा नगरपालिका -२ को लम्पी स्किन प्रभावित पशुपालक किसानहरुको लागि जरुरी सुचना

कपन अनलाइन

काठमाडौ,साउन १३ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को लम्पी स्किन प्रभावित पशुपालक किसानहरुको लागि जरुरी सुचना जारि गरेको छ। वडा अध्यक्ष सुरज खड्काले जारी गरेको उक्त सुचनामा देशैभरी महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगका कारण  वडा भित्र पालिएका गाइ भैसीहरुमा के कति संक्रमण भएको र सो रोग बाट मृत्यु भएका पशु बस्तुहरुको संख्याको बिवरण नगरपालिका बाट माग भइ आएकोले निम्न बिवरण खुलाई वडा कार्यालयमा ७ दिन भित्र निवेदन दिन अनुरोध गरिएको छ ।

कृषकको नाम थर ठेगाना ,

खोप लगाएको पशु संख्या ,

प्रभावित पशु संख्या,

मृत्यु  भएको पशुको संख्या

तपाइँको प्रतिक्रिया ।