बुढानिलकण्ठमा सार्वजनिक जग्गा संरक्षण कार्यविधि पारित,यस्तो बन्नेछ समिती
कपन अनलाइन
काठमाडौं, साउन ९।
बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षण र उपयोग कार्यविधि २०८० पारित गरेको छ। साउन ८ गते बसेको नगर कार्यपालिकाको बैठकले उक्त कार्यविधि पारित गरेको हो।
उक्त कार्यविधिका अनुसार नगरपालिका भित्रका सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षण र उपयोगका लागि एक नागर स्तरीय समिती गठन हुनेछ भने वडा स्तरमा पनि समिती गठन गरिनेछ।
बुढानिलकण्ठ नगरपालिकामा सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षण र उपयोग समिती यस्तो हुनेछ :
१.नगर कार्यपालिकाले तोकेको व्यक्ति : अध्यक्ष
२.पूर्वाधार विकास समितिको प्रतिनिधि : सदस्य
३.नगर कार्यपालिका सदस्य वा नगर सदस्य मध्यबाट तोकेको एक महिला सदस्य सहित दुई जना : सदस्य
४.नगरमा प्रतिनिधित्व गर्ने दोश्रो ठुलो राजनीतिक दलको प्रतिनिधि : सदस्य
५.सार्वजनिक जग्गा संरक्षण अभियानमा कार्य गर्दै आएको नगरपालिका भित्रको क्रियाशील कुनै संस्था वा व्यक्ति (नगरपालिकाले मनोनित गरेको ) : सदस्य
६.नगरपालिकाले तोकेको जग्गा प्रशासन शाखाको प्रमुख : सदस्य
त्यस्तै यस समितिले आवस्यक थानेक्प खण्डमा विषय संग सम्बन्धित कुनै व्यक्ति वा संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रित सदस्यका रुपमा निमन्त्रणा गर्न सक्ने व्यवस्था गरिएको छ भने यस समितीमा नगरका सबै वडाका अध्यक्षहरु पदेन सदस्य रहनेछन।