बुढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँबाट लाखौको धनमाल चोरी
कपन अनलाइन
काठमाण्डौ ,साउन ७।
बुढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।