प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा आर्मी च्याम्पियन

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा आर्मी च्याम्पियन

कपन अनलाइन
काठमाडौं, असार २१।
नेपाल आर्मी प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा बुधबार च्याम्पियन बनेको  छ । आर्मी पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो ।
नेपाल बक्सिङ संघको तत्वावधानमा बुढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, ५ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । महिलामा च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण, १ रजत र ४ कांस्य हात पा¥यो ।
बुढानीलकण्ठस्थित नेसनल युनाइटेड  माविमा भएको प्रतियोगिताको पुरुषमा बक्समान्डुका सिंवीर लिम्बू तथा महिलामा जेन एक्सकी स्वस्तिका तिरुवा उत्कृष्ट खेलाडी घोषित भएको इन्टरनेसनल टेक्निकल अफिसियल (आईटीओ) पुस्कारराज पन्तले जनाएका छन् । दुवैले जनही ५० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व मन्त्री विना मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको पुरुषमा १३ तथा महिलामा ९ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५÷१५ हजार नगद पुरस्कार हात पारे ।

तपाइँको प्रतिक्रिया ।