शंखरापुर नगरपालिका वडा नं १ को मूल सडक निरीक्षण गर्दै नगर प्रमुख सहितको टोली

शंखरापुर नगरपालिका वडा नं १ को मूल सडक निरीक्षण गर्दै नगर प्रमुख सहितको टोली

कपन अनलाइन

काठमाडौं,असार २०। शंखरापुर नगरपालिका वडा नं १ को मूल सडकमा भइरहेको आस्फल्ट कालोपत्रेको नगर प्रमुख सहितको टोलिले अनुगमन गरेका छन ।

 उक्त क्षेत्रमा भइ रहेको आस्फल्ट कालोपत्रे सडक निरीक्षणको क्रममा नगर प्रमुख रमेश नापितले गुणस्तरिय ढंग बाट कालोपत्रे गर्न निर्देशन दिएका थिए । उनले उक्त सडकको केहि खण्ड कमसल रहेको पाइए पछि तुरुन्तै पुन सच्याएर कालोपत्रेगर्न निर्देशन समेत दिएका  थिए ।

 उक्त सडकको निरीक्षणमा  नगर प्रमुख सहित नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नं १ का वडा अध्यक्ष बेद नारायण दंगाल लगायत प्राबिधिक र स्थानीयको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।