आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटायो

आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटायो

कपन अनलाइन

काठमाण्डौ ,असार १९।

नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।

मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ र तेस्रो वर्गमा पाँचले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन ।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० तोकिएको छ। यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर एक सय ७५ थियो।

तपाइँको प्रतिक्रिया ।