अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वडा नं १० ले ‘योग उत्सव’ आयोजना गर्ने
कपन अनलाइन
काठमाण्डौ ,असार ५ ।
‘वसुधैव कुटुम्बकमका लागि योग’ भन्ने मुल नाराका साथ बुढानीलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा असार ६ गते (भोलि) अन्तर्राष्ट्रिय योग दिवस (योग उत्सव ) मनाउन लागिएको छ ।
कार्यक्रममा शान्तिर्याली सहित योग उत्सवको प्रयोगात्मक अभ्यास बिहान ५:३० बाट प्रारम्भ हुने भएकोले नगर प्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराईद्वारा योग प्रेमी सम्पुर्णमा निमन्त्रणा गरेका छन ।
शान्तिर्यालीको रुटः
१. योग प्रेमी परिवारको बंगलामुखी मन्दिरमा भेला भएर कपन राममन्दिर मनकामना मन्दिर साप्रेढुंगा पुलहुँदै कार्यक्रम स्थल तर्फ जाने ।
२. महिला पतन्जलि योग समिति नेपालको मिलनचौक पार्टी भेन्यूमा भेला भएर सिद्धेश्वर मन्दिर, पञ्चकन्या चौक, आकासेधारा हुँदै कार्यक्रम स्थल तर्फ जाने ।
३. सिद्धेश्वर योग साधना केन्द्रको १० नं वडा कार्यालयमा भेला भई आकासेधारा, प्रहरी बिट मितेरी पुल, भुर्तेल चौक, एकताबस्ती, ज्योतिनगर हुँदै कार्यक्रम स्थल तर्फ ।
४. जीवन विज्ञान तथा पतन्जलि योग समितिका मित्रहरु निखिलेश्वर मन्दिर अघि भेला भएर बालुवाखानी चौक हुँदै कार्यक्रम स्थल तर्फ जाने ।