गोकर्णेश्वर नगरपालिकामा प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौँ, जेठ ३१। गोकर्णेश्वर नगरपालिकामा प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । असार ६ गते देखि  गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा भाग लिनको लागि,गाउँ, टोल, वडा, गाउँपालिका, नगरपालिका, क्लबहरू, जिल्ला संघहरुले  समन्वय गरि यहि आउँदो असार ४ गते सम्म आफ्नो टिम दर्ता गराउन सकिने आयोजकले एक पत्रकार सम्मेलन  मार्फत जानकारी गराएको छ ।

दर्ता शुल्क रु ५ हजार कायम गरिएको उक्त प्रतियोगिता नेपालय इङलिस स्कुलको खेल मैदानमा हुनेछ  प्रतियोगितामा प्रथम र दितीय हुने  टिमले नगद क्रमश  रु  १ लाख ३६ हजार  , ६८ हजार ( कर सहित)  ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने म्यान अफ दि म्याच लाइ नगद रु. २ हजार र ट्रफी प्रदान गरिने आयोजकले   पत्रकार सम्मेलनमा जानकारी गराएको छ । त्यसैगरी थप जानकारी आवस्यक परेमा गोकर्णेश्वर युवा तथा खेलकुद संयोजक संजय लामा (९८५१०७४५९३),संगम थापा श्रेष्ठ (९८६४५८९०७४) र रञ्जन कुमार सापकोटा (९८१८४५९०२८) मा सम्पर्क गर्न सकिने संयोजक संजय लामाले  जानकारी दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।