रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ वडा नं ३ समिती गठन ,को को छन पदाधिकारी र सदस्यहरु ?

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ वडा नं  ३ समिती गठन ,को को छन पदाधिकारी र सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५ ।

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका  वडा नं ३ समिती गठन भएको छ। जेष्ठ १३ गते सनिवार वडा नं ३ को  कृष्णपाटी पिपल बोट प्राङ्गणमा भएको भेलाले बद्री अधिकारी संयोजक रहेको ११ सदस्यीय वडा तदर्थ  समिती गठन गरेको हो।

रास्वपाका नेता डा. प्रणय शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको भेलाले  रबिन्द्र सुनुवार ,सुन्दर रिजाल , कमल तामाङ ,बिमला रम्तेल कमला सुनार,किशोर देउला ,बिक्रम श्रेष्ठ ,भीम बहादुर डङ्गोल,सरोज श्रेष्ठ र लाल बहादुर तामाङ सदस्य रहेको समिती गठन गरेको थियो।

रास्वपा बुढानिलकण्ठ नगर समितीका संयोजक निमा लामाको अध्यक्षतामा भएको सो भेलामा  प्रदेश स्दस्यहरु सन्तोष काफ्ले,दीपक थापा,खेम कुमारी भुर्तेल,गीता पौडेल ऋषिकेश श्रेष्ठ, प्रदेश ५ (ख) का इन्चार्ज कृष्ण तामाङ, वडा नं ३ का  सम्पर्क ब्यक्ती जीवन थापा सहित नगर समिती सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।