भैसीहरुसंग मोटरसाइकल ठोकिदा चालक ठहरै

भैसीहरुसंग मोटरसाइकल ठोकिदा  चालक ठहरै

काठमाडौँ, २१ असार । काठमाडौँ सतुंगलबाट कलंकीतर्फ हिडाएर लादै गरेको भैसीहरुसंग सोमबार विहान बा.२६ प ४७३७ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक काठमाडौँ महानगरपालिका–१६ सानोभ¥याङ बस्ने ३० बर्षीय सुजन धमलाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भई शहिद मेमोरियल अस्पताल कलंकी लगिएकोमा उनको मृत्यु भएको थियो । साथै घाइते भएका धादिङ कल्याणपुर–९ बस्ने ४० बर्षीय मदन सिंखडाको सोही अस्पतालमा उपचार भइरहेको छ । भैसी धपाउने र भैसीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–१३ बाफल नारायणी पेट्रोल पम्प अगाडी आइतबार राति नम्वर खुल्न नसकेको टिपरले नाम,थर वतन नखुलेकी अंदाजी ४६ बर्षीया महिलालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।