विट्स एकेडेमीमा निर्वाचन बाट क्याप्टेन छनोट

विट्स  एकेडेमीमा निर्वाचन बाट क्याप्टेन छनोट

कपन अनलाइन

काठमाडौं जेठ १२ ।  काठमाडौं महानगरपालिका वडा नं ६ स्थित विट्स एकेडेमीले क्याप्टेन, भाइस-क्याप्टेन तथा हाउस क्याप्टेन, हाउस भाइस-क्याप्टेनको छनोट निर्वाचनमार्फत गराएको छ।

सामाजिक विषयलाई सहयोग पुग्ने गरी प्रजातन्त्रिक व्यवस्थाको प्रयोगात्मक ज्ञानको लागि  विट्स एकेडेमीमा  क्याप्टेन, भाइस-क्याप्टेन तथा हाउस क्याप्टेन, हाउस भाइस-क्याप्टेनको चुनाव  गराएको बिध्यालयका शिक्षक मिलन श्रेष्ठले जानकारी गराए ।  जेठ १० गते  विद्यार्थीहरुको हाउस विभाजन भई चुनावी प्रक्रिया अघि बढेको थियो । औपचारिक रुपमा निर्वाचन कमिटी गठन गरी सम्पन्न गरिएको चुनावी प्रक्रियामा उम्मेरद्वारी दर्ता, प्रचार प्रसार, मौन अवधि, निवार्चन, नतिजा सार्वजनिकरण र शपथ ग्रहणको कार्यक्रम तय गरिएको थियो ।

निर्वाचित विद्यार्थीको शपथ ग्रहणसँगै सम्पूर्ण निर्वाचन प्रक्रिया पुरा भएको छ । यस चुनावी प्रक्रियामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले मताधिकार प्रयोग गरेका थिए ।विद्यार्थीहरुको सहभागी रहने यस्तो प्रकारको निर्वाचनले नेतृत्व क्षमता वृद्धि गराउनुका साथै आफ्नो भूमिका अझ जिम्मेवार हुने हुँदा  विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्था अनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका प्रिन्सिपल  ज्ञान बहादुर श्रेष्ठले जानकारी गराए ।

‘विद्यार्थीलाई सानैदेखि कस्तो व्यक्ति छान्ने भन्ने ज्ञान होस् र कसरी अनुशासित र अब्बल नेतृत्व छान्न सकिन्छ भन्ने जान्नका लागि निर्वाचनले मद्दत गर्ने छ भने यस्ता क्रियाकलापले राष्ट्रिय स्तरका निर्वाचनमा समेत सही नेतृत्व छान्न सहयोग पुग्ने आशा  लिएको प्रिन्सिपल श्रेष्ठको भनाइ  रहेको छ । विद्यालयले प्रत्येक वर्ष शैक्षिक् स्तरको सुरुवात सँगै निर्वाचन पद्धतिबाट क्याप्टेन, भाइस-क्याप्टेन तथा हाउस क्याप्टेन, हाउस भाइस-क्याप्टेन चयन गर्दै आएको बिध्यालयका प्रिस्निपल ज्ञान बहादुर श्रेष्ठले जानकारी गराए ।

 

तपाइँको प्रतिक्रिया ।