ओमनविरुद्वको अभ्यास खेलमा नेपाल टस जितेर पहिले फिल्डिङमा

काठमाडौँ, २१ असार । आइसिसी विश्वकप ट्वान्टीट्वान्टी छनोट प्रतियोगिताको सङ्घारमा रहेको नेपाली टोलीले ओमनविरुद्वको अभ्यास खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

nepali_cricket_team

आयरल्याण्डस्थित स्टोरमण्टस्थित सिभिल सर्भेन्ट क्रिकेट क्लबमा अहिले भइरहेको सो प्रतियोगितामा नेपाली टोलीले पहिले टस जित्दै फिल्डिङ रोजेको हो । नेपालले यसअघि ओमनसँग तीन पटक भिडेको छ । जसमा नेपालले एक खेलमा जित तथा दुई खेलमा हार बेहोरेको थियो । नेपालले तीन खेल एसिसी ट्वान्टीट्वान्टी कपमा भिडेको थियो ।

नेपालले सन् २०११ मा ओमानलाई दुई रनले पारजित गरेको थियो । त्यस्तै सन् २००७ मा नेपाल ओमानसँग एक रनले पराजित भएको थियो भने सन् २००९ मा युएइमा भएको अर्को संस्करणको खेलमा नेपाल ओमनसँग १२ रनले पराजित भएको थियो । यही असार २४ गतेदेखि सञ्चालन हुने विश्वकप ट्वान्टीट्वान्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले २५ गते शुक्रबार अमेरिकासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

 

नेपालले समूह चरणको खेलमा संयुक्त राज्य अमेरिका, हङकङ, पपुवा न्युगिनी, आयरल्याण्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै प्रतियोगिताको समूह बी मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स (युएई), स्कटल्याण्ड र नेदरल्याण्ड्स छन् । प्रतियोगितामा शीर्ष ६ टोलीले आगामी सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् । रासस

तपाइँको प्रतिक्रिया ।