मन्त्री सुदन किराँतीले सुरु गरेको सरसफाई अभियानमा जन सहभागिता बढ्दै

मन्त्री सुदन किराँतीले सुरु गरेको सरसफाई अभियानमा जन सहभागिता बढ्दै

कपन अनलाइन

काठमाडौं जेठ ७ ।स्वच्छ पशुपति,सफा पशुपति र हराभरा पशुपति’ भन्ने मुल नारा बोकेर केही दिन यता  प्रत्येक शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सुरु गरेको सरसफाई  अभियानमा जन सहभागिता बढ्दै गएको छ ।मन्त्री किराँतीले संचालन गरिरहेको उक्त सरसफाइ अभियानमा बिभिन्न संघ संस्थाको उत्साहजनक  सहभागिता बढ्दै गएको हो ।

मन्त्री किराँतीले शुरु गरेको तीन महिने पशुपति क्षेत्र सरसफाइ अभियानमा सरसफाइ संगै वृक्षरोपण समेत गरिएको छ । प्रत्येक शनिवार बिहानको समयमा गरिने यो अभियान फागुन २८ गतेदेखि शुरु गरिएको हो ।

मन्त्री सुदन किराँतीले आफ्नो कार्यकालमा पशुपतिनाथ भित्र र बाहिरका सबै  फाेहाेरहरू सफा गरेर छाडने प्रतिबद्धता जनाउदै आएका छन  ।सोहीे अवसरमा मन्त्री किरातीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाइमा सरिक  हुदै आएका छन  ।

तपाइँको प्रतिक्रिया ।