क्रिकेटको विश्व वरियता क्रममा नेपाल पहिलो पटक प्रवेश

काठमाडौँ, २० असार । नेपाल अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलो पटक प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको वरियता क्रममा नेपाल १५औँ स्थानमा परेको छ । यो वरियता क्रमको अन्तिम स्थान हो ।

नेदरल्यान्ड्समा सम्पन्न चार अभ्यास खेलको शृङ्खला पूरा गरेसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । त्यस्तै, वरियता क्रमको पहिलो स्थानमा श्रीलङ्का, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा वेष्ट इन्डिज, पाँचौँमा पाकिस्तान, छैठौँमा साउथ अफ्रिका र सातौँमा न्युजिल्यान्ड छ ।

nepal-cricket_Team_

त्यसैगरी, आठाँैमा इङ्ल्यान्ड, नवौँमा बङ्गलादेश, दशौँमा स्कटल्यान्ड, एघारौँमा अफगानिस्तान, बा¥हौंमा नेदरल्यान्ड्स, तेहौँमा आएरल्यान्ड र चौधाँै स्थानमा जिम्बावे रहेका छन् । नेदरल्यान्ड्सको अभ्यास खेलमा भने नेपालले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको थिएन । चार खेल खेलेको नेपालले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो ।

पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो भने दोस्रोमा १०३ र तेस्रोमा १८ रनले नै पराजित भएको थियो । त्यस्तै, चौथो तथा अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको थियो । गत वर्ष बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसीले नेपाललाई त्यतिबेला टी–ट्वेन्टीको मान्यता दिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।