रमण कन्ट्रक्सनले सम्झौता अनुसार कामनगरेको आरोप,सहयोगकालागि रवी लामिछानेसँग अपिल
रमण कन्ट्रक्सन प्रा.ली.ले इलाम खानेपानी आयोजनाको काम सम्झौता बमोजिम नगरेको उपभोक्तहरुले आरोप लगाएका छन् ।
उपभोक्ताहरुले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अनियमिताबारे जानकारी गराएका हुन् । रमण कन्स्ट्रक्सनले सम्झौता बमोजिमका काम नगरेको भन्दै उनीहरुले छानविनका लागिअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिइसकेका छन् ।
अहिले खानेपानीनयाँ पाइपबाट वितरण भएपनि उक्तपानी सम्झौताभएअनुसारको स्थानबाट नल्याइएको उपभोक्ता सुमन श्रेष्ठले बताए । ‘हाल खानेपानी नयाँपाईपबाट दिइरहेको भएपनि सो पानी साविककै गिताङ र भाडीखोलाको हो । सम्झौतामा उल्लेख भएको मेवाखोला र राते खोलाको प्रति सेकेण्ड २० लिटरको पानीनयाँपाइपमाहालिएको छैन,’–श्रेष्ठले भने ।
उक्त खानेपानी आयोजना एडीबीको सहयोगमा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशतलगानी छ । कोरोना महामारीका कारण समयमा काम सम्पन्ननगरेको रमण कन्स्ट्रक्सनले थप गरिएको समयमा पनि काम सम्पन्न नगरेको र भएका कामहरु पनि सम्झौता बमोजिम नभएको आरोप छ ।
‘सम्झौता विपरित गुणस्तरहीन कार्य गरेको आयोजनाका संरचनाहरु सम्झौता बमोजिम नगरिएको, मापदण्ड विपरित पाइप फिटिङ्ग गरिएको, मिटर बक्स कमसल तथा गुणस्तरहीन जडान गरेको कारणबाट सो खानेपानीका उपभोक्तालाई दुरागामी असर परेको छ,’–श्रेष्ठले भने ।
साथै, उपभोक्ता समितिहरुले स्थलगतनिरीक्षण गरी सम्झौतामा उल्लेख भएबमोजिमको कामगर्न निर्देशनदिनपनिअख्तियारलाई अनुरोध गरेका छन् ।
उपभोक्ताश्रेष्ठले उचित छानविनमा सहयोग गरिदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिएवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेसमक्षआग्रहसमेत गरेका छन् ।
‘रवि सर हामीआम इलामबासीहरुलाई सहयोग गरिदिनुहुन म यहीबाट अपिलगर्न चाहन्छु,’– उनले भने ।