सुवर्ण शमशेर क्रिकेट मैदानलाई बुढानिलकण्ठको एक करोड,रकमान्तरको संभावना

सुवर्ण शमशेर क्रिकेट मैदानलाई बुढानिलकण्ठको एक करोड,रकमान्तरको संभावना

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १० ।

गत आवमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेकोसुवर्ण शमशेर क्रिकेट मैदान निर्माणका लागि नगरपालिकाले छुट्टाएको १ करोड रकम फ्रिज हुने अवस्था आएपछि रकमान्तर गरिने भएको छ ।

खेलकुद पूर्वाधारका लागि नगर सभाले नै प्रारम्भिक रुपमा १ करोड बजेट उपलव्ध गराउने निर्णय गरेको भएपनि क्रिकेट मैदान निर्माण समिती र स्थानीय सरकार विच रहेको पुरानै रोग बल्झिदा बजेट रकमान्तर हुने अवस्थामा पुगेको हो।

मैदान निर्माणको जिम्मेवारी पाएको सुवर्ण समशेर प्रतिष्ठानले पनि मैदान निर्माणको विधि,समिति ,जग्गा सट्टा भर्ना गरेको दस्तावेज र हाल सम्म आएको रकम र त्यसको प्रयोगको अवस्थाका वारेमा सामाजिक परिक्षण नभएको आदि कारण देखाउदै सो बजेट रकमान्तर हुने संभावना देखिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण भौतिक पूर्वाधारका रुपमा विकास हुनुपर्ने सो मैदानको दुरावस्थाका कारण अहिले यो केहीलाई आक्रोस पोख्ने ,केहीलाई असन्तुस्टी शान्त पार्ने ,केहीलाई राजनीतिक र सामाजिक प्रतिसोध साध्ने गजवको माध्यम बनेको छ।

जनताको स्तर बाट निकै चासो, चिन्ता र जिज्ञाशाको केन्द्रमा रहेको यस मैदानको विकास र निर्माणको गहन जिम्मेवारी बोक्नु पर्ने व्यक्तिहरु भने मौन छन वा भनौ सबै देखेर पनि नदेखे झैँ गरिरहेको स्थानीयहरुको आरोप रहेको छ ।

काठमाडौं क्षेत्र नं ४  मा रहेको यो स्थानमा क्रिकेट मैदान निर्माण होला र विभिन्न प्रतियोगिताहरु हेर्न पाइएला भनेर खुसि भएका स्थानीयहरु अहिले सो स्थानमा हुने म्युजिक भिडियो र फिल्मको शुटिंग हेरेर रमाइलो लिदै यसको विकास र विस्तारका योजना सुनाउने प्रतिनिधिहरु खोजिरहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।