भगवती युवा क्लबको १७औं वार्षिक उत्सवको अवसरमा आयोजित व्हीलचियर रेस सम्पन्न

भगवती युवा क्लबको १७औं वार्षिक उत्सवको अवसरमा आयोजित व्हीलचियर रेस सम्पन्न

कपन अनलाइन

काठमाडौँ बैशाख २ । अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक विकास गराउने उद्धेश्य सहित  भगवती युवा क्लबको १७ औं वार्षिक उत्सवको अवसरमा  आयोजित व्हीलचियर रेस सम्पन्न भएको छ । उक्त प्रतियोगितामा  २४ जना पुरुष र १० जना महिलाहरु गरि कुल ३४ जनाले  सहभागिता जनाएका थिए। गोकर्णेश्वर नगरपालिका  वडा नं ८ माकलबारी सानोपुल बाट  भगवती स्थान सम्म भएको  उक्त व्हिल चियर  प्रतियोगितामा पुरुषतर्फ रमेश खत्री प्रथम, विष्णुकुमार श्रेष्ठ द्वितीय, रामकाजी मिजार तृतीय भएका छन् भने महिलातर्फ रजनी राई प्रथम, पेमा गुरुङ द्वितीय, सुशीला शाही तृतीय भइन  ।

प्रतियोगितामा प्रथम दितीय र तृतीय हुने खेलाडीहरुले नगद  पुरस्कार  सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे भने सहभागी हुने खेलाडीहरुले सान्त्वना पुरस्कार स्वरुप प्रति खेलाडीले नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

क्लबका अध्यक्ष अस्मिता कारञ्जितको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका  उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का   वडा अध्यक्ष राजिव थापाको वडा सदस्यहरु श्रीकृष्ण कारञ्जित, गमला कुमारी परियार , उमेश चालिसे,  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य   राजेश श्रेष्ठ,शहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल ,शंखडोल डोजो एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारञ्जित लगायत कल्बका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका  उप प्रमुख सान्नानी लामा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का  वडा अध्यक्ष राजिव थापा क्लबका अध्यक्ष अस्मिता कारञ्जित लगायतले बिजयी खेलाडीहरुलाई परस्कार वितरण गरेका थिए ।

फोटो :गोकर्णेश्वर खबर

 

 

तपाइँको प्रतिक्रिया ।