नेपाल प्रहरी र सेनामा भर्ती गरिदिन्छु भन्दै ठकुरीले मोटो रकम ठगी गरेको खुलासा
नेपाली सेना र नेपालप्रहरीमाजागिर लगाइदिने र शान्ति सेना पठाइदिने भनीकिरण शाही ठकुरीले मोटो रकम ठगी गरेको पीडितल खुलासा गरेकी छिन् । जाजरकोट स्थायी ठेगानाबताउने शाहीले जाजरकोटकी लक्ष्मी सुनुवारलाई विश्वासमालिएर ४८ लाखभन्दा बढि रकम ठगी गरेकाहुन् ।
पीडित सुनुवारले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनमार्फत् उक्त घटना बाहिर ल्याएकीहुन् । जाजरकोट नै घर बताउने शाहीसँग सामान्यचिनजान रहेको पीडित सुनुवार बताउँछिन् । आफ्नो श्रीमानपनि नेपाली सेनाको जागिरे रहेकाबताउने उनले शाहीले पाँचजनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्तितीनलाखको दरले पैसा ठगी गरेको बताईन् । शाहीले दोलखाको जिरी घर बताउने रामकृष्ण थापालाई उक्त पैसा दिनभनेको पीडित सुनुवारको दाबी छ ।
‘मलाई किरण शाही ठकुरीले तपाईँहरुको कोहीआफन्त छ भने शान्ति सेना पठाइदिन्छु भन्नुभयो । त्यसपछिउहाँले मेरो श्रीमानलगायतपाँच जनाबाट तीन÷तीनलाख पैसाशान्ति सेना पठाउँछु भनेर उठाउनुभयो ।उहाँले अर्को सरसँग कुरा गराउनुभयो । पैसालिएर आउनभन्नुभयो । एक वर्षपछि मात्रै पालो आउँछ भन्नुभयो,’– पीडित सुनुवारले भनिन् ।
शान्ति सेनामा पठाउन एक वर्षको समय लाग्ने उनीहरुले बताएको पीडितको भनाई छ । शान्ति सेनामा पठाउनका लागि पैसा बुझाएपछि सेनामाभर्ती खुलेपछि कोहीभए पठाउनका लागिआफूलाई उक्तगिरोहले भनेको उनले बताईन । पीडित सुनुवारकै मध्यस्थतामाउक्तगिरोहले सेनामाभर्ना गरिदिने भन्दै सुनिलविक, सन्देश सुनुवार, मोहन घर्ती, अर्जुन बुढा, दीपक नेपाली, रेशम नेपालीलाई सेनामाभर्ती गरिदिनेभन्दै प्रतिव्यक्ति ३ लाखर प्रहरी जवानमाभर्ती गरिदिने भन्दै शान्ति परियार, समीर खत्री, सुदीपविक, नवीनविक, सुरज यादवलगायतकाव्यक्तिहरुसँग पैसा लिएको पीडितको दाबी छ ।
‘उहाँले कोही मान्छे छन् भने ल्याउनुस् भन्नुभयो । उहाँले हाकिमको कोठाबाट हाल्ने मान्छे हो । तपाईँहरुलाई तालिममा पठाउँछौं भन्नुभयो । तीन÷तीनलाखको दरले मैले पैसा पठाएँ । मंसिरमा पैसा पठाएको उहाँले चुनाव पछिमात्रै भन्नुभयो । त्यसपछिहाम्रो सरकार ढल्ने भयो । मिलाउनपर्यो भन्नु भयो ।अहिले उहाँ सम्पर्कविहीन हुनुहुन्छ,’–उनले भनिन् ।
ठगी गिरोहले आफूलाई नौ लाखको चेक दिएकोसमेत उनले बताईन् । उनीहरुले कहिले काहीफोन गरेर मुद्दा मामिलानगर्न दवाबदिने गरेको पीडितको भनाई छ । आफू अब पीडकविरुद्ध कानुनीकारबाहीमाजानतयार रहेको उनले बताईन् ।
‘कहिले काहीफोन गरेर मुद्दा हाल्ने कामनगर्नु, हाम्रो सरकार बन्दैछ, मिलाउँछु भन्नुहुन्छ । उहाँले नौ लाखको चेकसमेत फिर्ता गर्नुभएको छ,’– पीडित सुनुवारले बताईन् ।