बुढानिलकण्ठ -९ ह्याम्स अस्पतालमा अवतरण गर्नेबेला हेलिकप्टरको पंखाको टुक्रा खस्यो

बुढानिलकण्ठ -९ ह्याम्स अस्पतालमा अवतरण गर्नेबेला हेलिकप्टरको पंखाको टुक्रा खस्यो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको  ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ।

शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो।

अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो।

तपाइँको प्रतिक्रिया ।