शंखरापुर नगरपालिका साँखुमा ८ रात ९ दिन सम्म चल्ने बज्रयोगिनी जात्रा शुरु

शंखरापुर नगरपालिका साँखुमा ८ रात ९ दिन सम्म चल्ने बज्रयोगिनी जात्रा शुरु

कपन अनलाइन
काठमाडौं चैत्र २३ । शंखरापुर नगरपालिका साँखुमा ८ रात ९ दिन सम्म चल्ने बज्रयोगिनी जात्रा आज  बाट शुरु भएको छ। हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।


बज्रयोगिनीको मन्दिरबाट भगवानलाइ खटमा राखी तल साँखु बजारमा ल्याए सङ्गै सो जात्रा सुरु हुन्छ ।पाँच थकाली गुर्जुसहित बज्रयोगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाएर तान्त्रिकदेवीको रुपमा रहेकी बज्रयोगिनीको पूजा अर्चाना गरिन्छ । जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याधिनी र स्वयम्भूको गरि चारवटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ। नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झ्याली पिट्दै साँखुका ऐतिहासिक आठवटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै जात्रा चलाइएको शंखरापुर नगरपालिकाका  स्थनीय प्रेम प्रकाश प्रजापति बताउछन ।

जात्रा सुरु गर्न नायखीं बाजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने परम्परा छ ।जात्रा अवधिभर साँखु नगरवासीहरु सबै समान होउन भन्ने उद्देश्य जुत्ता लगाउन, छाता, घोडा ओड्न नपाउने परम्परा सुरु गरिएको श्रेष्ठ बताउँछन् । त्यस्तै जात्रा अवधिभर निर्माण कार्य गर्दा दुर्घटना भएर मानिसको मृत्यु सक्ने भएकाले घर बनाउन र भत्काउन नपाइने चलन चलाइएको हो ।

चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रेयणी र चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन छ ।जात्रा प्रत्येक वर्ष चार टोल सुनटोल, बज्रयोगिनी, पुकुलाछी र चलाखुका स्थानीयवासीले पालैपालो सञ्चालन गर्छन् । यस वर्षको जात्रा चलाउने जिम्मा सुनटोल टोलको परेको छ ।

तपाइँको प्रतिक्रिया ।